
बारा । पेट्रोलियम पदार्थको अत्याधिक खपत कम गर्न नेपाल ट्रक यातायात ब्यावसायी महासंघले देशभर जेठ २० गते एकद्वार प्रणालीमार्फत ट्रक संचालन गर्ने भएको छ ।
वार्षिक अर्बौ पूँजी पलायन रोक्न तथा सडक दुर्घटनामा मानवीय क्षति कम गर्न महासंघले एकद्वार प्रणालीमार्फत ४ दिनमा एक पटकमा मात्रै एउटा ट्रक संचालन गर्ने प्रणली सुरु गर्न थालेको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै उपभोग्य वस्तुको मूल्यसमेत उच्च हुँदा महङ्गीले दैनिक जीवन प्रभावित बनेपछि महासंघले एकद्वार प्रणाली संचालन गर्न थालेको हो ।
सरकारले यहि जेठ २ गतेदेखि लागू गरेको ढुवानी भाडा उद्योगका सेल्सका कर्मचारी र ट्रान्सपोर्टको सेटिङ्गमा ब्यापक कमिशन लिएर ढुवानीका साधनलाई कम दिने विकृती समेत यो प्रणलीले अन्त्य गर्ने भएको छ । यो प्रणली लागू भएसँगै महासंघ अन्तर्गत देशमा स्थानीय संघहरुले तोकेको भाडा दर पूरा दिने उद्योग र ट्रान्सपोटलाई मात्रै ट्रक उपलब्ध गराउने भएकाे छ ।
महासंघ अन्तर्गतका देशभरका ट्रक समितिहरूले ट्रकहरूलाई एकै थलोमा पार्किङ गरेर उद्योग तथा ट्रान्सपोर्ट व्यवसायीलाई एकद्वार प्रणालीमार्फत ट्रक उपलब्ध गराउने निर्णय गरेको छ । बुटवल, भैरहवा, हेटौंडा, सिमरा र ईटहरी लगाएतका ११ स्थानबाट कार्ड प्रणली लागूगरि तोकिएको भाडा दरमा मात्रै ट्रक उपलब्ध गराउने भएको हो । महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र श्रेष्ठले एकद्धार प्रणलीले मुद्रा विदेशीन रोकिनुका साथै दुर्घटना कमगरि भारतीय गाडीको सहज प्रवेश समेत कम गर्ने बताउनुभएकाे छ ।
देशभर करिब ४५ हजार मालबाहक ट्रकले ढुवानीका मालसमान ओसारपसार गर्ने नेपाल ट्रक यातायात व्यावसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्