
काठमाडौं, बैशाख ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् ।
ट्रम्पले शुक्रबार ट्वीटमा लेखेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ ।’
China has just announced a doubling in the number of their deaths from the Invisible Enemy. It is far higher than that and far higher than the U.S., not even close!
— Donald J. Trump (@realDonaldTrump) April 17, 2020
चीनले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेलगत्तै ट्रम्पले यस्तो दाबी गरेका हुन् । अमेरिकाले शुरुदेखि नै चीनले कोरोनाबाट मानवीय क्षतिको वास्तविकता लुकाएको भन्दै आएको छ । डब्ल्यूएचओसमेत चीनको पक्षमा लागेको ट्रम्पको आरोप छ ।
चीनले शुक्रबार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या भन्दै १ हजार २ सय ९० जना मृतक थपिएको जनाएको थियो । पछिल्लो तथ्यांक अनुसार अब हुबेईमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ तथा चीनभरमा ४ हजार ६०० पुगेको छ ।
चिनियाँ अधिकारीहरुले भने यसअघि फेला नपरेका र गणनामा छुटेका १२ सय ९० जना भेटिएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्