१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्खाल लगाइने


2.249k
Shares

बर्दिया । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न दीर्घकालीन पर्खालको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ ।

बिहीबार युवा तथा खेलकुद विभागका सदस्य विनय रावल, लुम्बिनी प्रदेश प्रतिनिधि सदस्य हरिबहादुर थापाको संयोजकत्वमा गएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

आगामी आर्थिक वर्षमा बजेट छुट्याएर कार्य प्रारम्भ गरिने आश्वासन दिएको टोली संयोजक रावलले बताउनुभयो ।

बर्दियामा बर्सेनि हुने जंगली जनावरको आतंकले यहाँका नागरिकले अकालमा ज्यान गुमाउनुपरेको छ । साथै स्थानीयले लगाएको बालीमा समेत वन्यजन्तुले हानी पुर्याउने गरेको छ ।