२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


फिल्म ‘सम्राट पृथ्वीराज’ लाई दुई देशमा प्रदर्शनमा प्रतिबन्ध


3.874k
Shares

एजेन्सी । अक्षय कुमारद्वारा अभिनत फिल्म ‘सम्राट पृथ्वीराज’ लाई कुवेत र ओमानमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ ।

यी दुई देशमा फिल्मलाई प्रदर्शन नगरिने भएको छ । तर, फिल्मलाई यी दुई देशमा प्रतिबन्धको अहिलेसम्म आधिकारीक पुष्टि भने भएको छैन । यस बारेमा फिल्म निर्माताहरूले पनि कुनै आधिकारीक धारणा दिएका छैनन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्ममा हिन्दू राजाको पराक्रम देखाइएको छ, जसका कारण फिल्मको प्रदर्शनमा प्रतिबन्ध गरिएको हुनसक्ने अनुमान गरिएको छ । कुवेत र ओमान इस्लामिक देश हुन् । त्यस्तै फिल्म समीक्षक केआरकेले आफ्नो ट्वीटर मार्फत भनेका छन् – ‘ फिल्ममा इतिहास माथि घोचपेच गरिएको कारण फिल्मलाई यी दुई देशमा प्रतिबन्ध लगाइएको हो । ’

फिल्म ‘सम्राट पृथ्वीराज’ लाई आउदो शुक्रबारदेखि प्रदर्शन गरिने भएको छ । फिल्म भारतीय योद्धा पृथ्वीराज चौहानको जीवनकथामा आभारित छ । पृथ्वीराजको भूमिकामा अक्षय कुमार रहेका छन् भने मानुषीले राजकुमारी संयोगीताको भूमिका निर्वाह गरेकी छन् ।

चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको यस फिल्ममा अक्षय कुमार, संजय दत्त, सोनु सूद, आशुतोष राणा, मानव विज र पूर्व विश्व सुन्दरी मानुषी छिल्लर मुख्य भूमिकामा रहेका छन् ।