
स्याङ्जा । सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख विनियोजन गरेको छ भने ६ गाउँपालिकाको लागि १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरेको छ ।
नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई ३९ करोड ७३ लाख विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्