
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीयतालाई बलियो बनाउन नयाँ ढंगले काम गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले देशको संघीय शासन व्यवस्था राम्रो ढङ्गबाट व्यवस्थापन गरिएको र यसलाई थप विकसित र सुदृढ बनाउँदै जानुपर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले सङ्घीयता कार्यान्वयनको सन्दर्भमा आएको संकल्प प्रश्तावले देशलाई नै मार्गनिर्देश गर्ने बताउँदै संघीयतासम्बन्धीका हरेक मामिलामा संघीय मन्त्रालय सहयोग गर्न तयार रहेको जानकार िदिनुभयो । सरकारले चाँड नै संघीय निजामति ऐन दर्ता गर्नै तयारी गरेको उहाँको भनाइ छ ।
मन्त्री श्रेष्ठ निजामती ऐन संघीय दुवै सभाबाट पारित गरेर अघि बढाउनसके कर्मचारीहरूको विभिन्न समस्याहरू र संघीयता ठीक ढंगले कार्यान्वयन भएन भन्ने गुनासो सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । संघीयतालाई विस्तारै सही मार्गचित्रमा लैजाने दायित्व हामी सबैको राजनीतिक दल र नागरिकको भएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय समिति बनाउने, समितिमा सातै प्रदेशका स्थलगत अध्ययन गरी संसदमा प्रश्तुत गर्ने र १५ बुँदे कार्यान्वयनको लागि निर्देशन दिने कुरा संसदकै अधिनमा भएकोले संसदले आफ्नो कामलाई अघि बढाएर संघीयताको सही कार्यान्वयन गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्