१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते


117
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ ।

बिहीबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशन अन्र्तगत पाँचौं बैठकमा प्रदेश प्रमुख देवराज जोशीले जेठ २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हुनुभएको हो ।

बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिनुभयो ।

चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेश गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।