
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताउनुभएको छ ।
बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले यस्तो आश्वासन दिनुभएको हो ।
उहाँले विगतमा भएको व्यवस्थामा कुनै पनि सेवा सुविधा घटेर नआउने वरु अझ राम्रो भएर आउने बताउनुभयो । उहाँले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको बताउनुभयो ।
बैंकका कर्मचारीहरुले गलत काम नगरेको भन्दै उहाँले कसैले गलत काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्