१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई संघले अभिमुखीकरण तालिम दिने


39
Shares

काठमाडौं । संघीय सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ३० वैशाखमा भएको निर्वाचनबाट निर्वाचित भएर आएका ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण तालिम दिन लागेको हो। स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरि तालिम दिइने भएको मन्त्रालयकले जनाएकाे छ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २५ र २६ जेठमा अभिमुखीकरण तालिम दिइने भएको हाे। साेही तालिम मधेस प्रदेश, गण्डकी र कर्णालीमा यहि जेठ २७ र २८ गतेका लागि मिति तय गरिएकाे छ। त्यस्तै, बागमती र लुम्बिनीमा प्रदेशमा भने जेठमा ३० र ३१ गते अभिमूखीकरण कार्यक्रम गर्ने कार्यतालिका समेत तय गरिएकाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएकाे छ।

कार्यक्रम स्थलको जानकारी सम्बन्धीत प्रादेशिक सुशासन केन्द्रमार्फत हुनेछ।