१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हातहतियार मुद्दाका फरार भएका एक प्रतिवादी पक्राउ


364
Shares

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाबाट हातहतिहार तथा खरखजना मुद्दाका फरार भएका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नं. ३ बस्ने ४१ वर्षीय तुलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। स्याङ्जा जिल्ला अदालतले २०७८ असोज १९ को फैसला अनुसार हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र ६ हजार जरिवाना तोकिएपछि फरार रहेका रानालाई प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका रानालाई जिल्ला अदालत समक्ष पेश गरेपछि कैद भुक्तानीको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।