
बैतडी । बैतडीका एक युवक गत चारदिनदेखि सम्पर्कबिहीन भएका छन् ।
बैतडीका दशरथचन्द नगरपालिका-२ सौंडालीका ३० वर्षीय प्रेमसिंह रावत सम्पर्कबिहीन भएका हुन् । उनका आफन्त कमलेश भण्डारीका अनुसार आंशिक सुस्त मनस्थिती र स्पष्टसँग बोल्न नसक्ने रावत यहि जेठ १७ गते बिहानदेखि घरबाटै हराएका हुन् ।
रावतलाई कसैले भेटाएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन रावत परिवारले आग्रह समेत गरेका छ ।
प्रतिक्रिया दिनुहोस्