
Picture:Web
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको छ ।
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।
यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।
सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ ।
हेर्नुस् सूचीः
प्रतिक्रिया दिनुहोस्