२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


यार्सागुम्बा संकलनको क्रममा एक महिला बेपत्ता


299
Shares

बझाङ । बझाङमा यार्सागुम्बा संकलनको क्रममा हिमपहिरोमा परी एक महिला बेपत्ता भएकी छिन् ।

बेपत्ता हुनेमा जिल्लाको सुर्मा गाउँपालिका–१ नाउलाकी ३५ वर्षीया सिन्की बोहरा रहेकी छन् ।

राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरोमा परी बोहरा बेपत्ता भएकी हुन् । उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् ।

मृतक बोहरालाई खोजी गर्न उठाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको छ । मयार्सा संकलनको सिजन सुरु भएसँगै जिल्लाको सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेकतर्फ गएका छन् ।