
काठमाडौं । कर्णाली प्रदेशका जिल्लाहरुमा लागु हुने ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत भएको छ ।
कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो ।
माध्यमिक विद्यालयमा सञ्चालन गर्ने गरी सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्ने जनाइएको छ । पहिलो चरणमा एक सय माध्यामिक विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
यसअघि बागमती प्रदेशले यस्तो अवधारणा ल्याएर कार्यान्वयन गरेको थियो । जुन सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्