
बझाङ । जिल्लामा यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिला बेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा जिल्लाको सुर्मा गाउँपालिका–१ नाउलाकी ३५ वर्षीया सिन्की बोहरा रहेकी छन् ।
राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरोमा परी बोहरा बेपत्ता भएकी हुन् ।
उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहरालाई खोजी गर्न उठाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको छ ।
मयार्सा संकलनको सिजन सुरु भएसंगै जिल्लाको सुर्मा, साइपाल र बुङ्गलका बासिन्दा घरमा ताला लगाएर यार्सा सङ्कलनका लागि लेकतर्फ गएका छन् ।
प्रतिक्रिया दिनुहोस्