
एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानद्वारा अभिनित फिल्म ‘जवान’ को टीजर सार्वजनिक भएको छ ।
फिल्मको टीजरमा अभिनेता खानलाई घाइते अवस्थामा देख्न सकिन्छ । उनको आधा अनुहार व्याण्डेजले छोपिएको छ । यो फिल्मलाई लिएर पहिले देखिनै दर्शकमाझ निकै चर्चा चलेको थियो । किनकि अभिनेता खान र दक्षिण भारतका निर्देशक एटली कुमारले यस फिल्म मार्फत फेरी सँगै काम गरेका छन् । जसको शुक्रबार औपचारिक घोषणा गरिएको हो । फिल्मको टीजरमा अभिनेता खानलाई फरक र दमदार लुकमा देखिएको छ । फिल्मको टीजरले फिल्म निकै राम्रो हुने अनुमान दर्शकहरूले गरेका छन् ।
फिल्मलाई हिन्दी, तमिल, तेलगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शन गरिने छ । शुक्रबार एक भिडियो सार्वजनिक गर्दै फिल्मलाई आगामी वर्ष जुन २ मा प्रदर्शन गरिने जनाइएको छ । अभिनेता खान फिल्ममा दक्षिण भारतीय अभिनेत्री नयनतारासँग देखिने भएका छन् । तर, टीजरमा भने अभिनेता खानलाई मात्र देखाइएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्मलाई निर्देशक एटली कुमारले निर्देशन गर्नेछन् भने गौरी खान फिल्मको निर्माता रहेकी छन् । फिल्ममा अभिनेता खान दोहोरो भूमिकामा रहेका छन् भने नयनतारा प्रहरी अधिकृतको भूमिकामा देखिने छिन् । फिल्ममा शाहरुख खना, नयनतारा, सान्या मल्होत्रा र सुनिल ग्रोवरको मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्