२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्व बैंकले नेपालमा खानेपानी तथा सरसफाईका लागि १० अर्ब रुपैयाँ सहयोग गर्ने


143
Shares

काठमाडौं । विश्व बैंकले नेपालको खानेपानी वितरण तथा सरसफाई सुधारका लागि १० अर्ब रुपैयाँ बराबर सहयोग गर्ने भएको छ ।

विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशकको बैठकले नेपालका लागि ८ करोड अमेरिकी डलरको खानेपानी वितरण तथा सरसफाई सेवा सुुधार एवं एकीकृत जलस्रोत व्यवस्थापन परियोजना स्वीकृत गरेको हो ।

नगरपालिकाहरुको क्षमता विकास गरी स्थानीय तहमा खानेपानी तथा सरसफाई सेवा सुधार गर्ने परियोजनाको लक्ष्य छ । जलस्रोत क्षेत्र सुशासन तथा सहयोग परियोजना कर्णाली तथा सुदूरपश्चिम प्रदेशका रणनीतिक ग्रामिण शहर तथा पालिकाहरुमा सञ्चालन हुने बैंकले जनाएको छ ।