
काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०७९/०८० पारित भएको छ ।
गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक आज सभाको बहुमतले पारित गरेको हो ।
योसँगै सरकालाई खर्च गर्ने बाटो खुलेको छ । गत जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको थियो ।
यसमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३अर्ब ४० करोड, पूँजीगतखर्च तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्बै २२ करोड बजेट सरकारले छुट्याएको छ ।
यसमध्ये प्रदेश तथा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब २९ अर्ब ८३ करोड विनियोजन गरिएको छ । स्रोत तर्फ राजश्व परिचालनबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड जुट्ने र बजेटको परिचालनबाट ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गरेर मूल्य बृद्धिलाई ७ प्रतिशतमा सीमित गर्ने सरकारी लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्