११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बेलायतमा कोरोनाबाट १५ हजारभन्दा बढीको मृत्यु


0
Shares

एजेन्सी, बैशाख ६ । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १५ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा १५ हजार ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

यसैगरी सक्रमित हुनेमा १ लाख १४ हजारभन्दा बढी रहेका छन् ।

अधिकारीहरुले मृत्युको यो खबर मूर्छित हुने खालको भन्ने टिप्पणी गरेका छन् । उनीहरुले साढे तीन लाखभन्दा बढीमा कोरोना परीक्षण गरिएको पनि जनाएका छन् । 

विश्वभर १ लाख ५७ हजारभन्दा बढी मानिसको मृत्यु हुँदा २२ लाख ८७ हजार व्यक्ति संक्रमित भएका छन् । ५ लाख ८५ हजार व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३७ हजार ८ सयभन्दा बढीको मृत्यु हुँदा इटालीमा २३ हजार २ सयभन्दा बढी र स्पेनमा यो संख्या २० हजार नाघेको छ भने फ्रान्समा १८ सय व्यक्तिको मृत्यु भएको छ ।