
रसुवा। रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।
लाङटाङ क्षेत्रमा विगतका वर्ष भन्दा यो वर्ष दोब्बरले पर्यटक बढेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको हाे । निकुञ्ज क्षेत्रका पदमार्ग पुनः सञ्चालनमा रहनु, यस समयमा वर्षा कम भएका कारणले पनि निकुञ्जमा पर्यटकको आगमनमा वृद्धि भएको हाे। निकुञ्जले यसै आर्थिक वर्षको १० महिनामा १५ हजार भन्दा बढी पर्यटक निकुञ्ज भित्रिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जले विदेशी र सार्क राष्ट्रका पर्यटकको आवागमन बढी भएको बताएकाे छ। पर्यटकीय क्षेत्र लाङटाङ आउने पर्यटक धार्मिकस्थल गोसाईकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताउनुभयो।
त्यस्तै लाङटाङ लगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाईकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जनावर पनि देख्न सकिने भएकाले यहाँ विदेशी पर्यटकको आकर्षण बढेको हो।
प्रतिक्रिया दिनुहोस्