
काठमाडौं । राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ । नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ । अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल सुरू हुन्छ ।

साँझको बढ्दो सवारी चाप, यात्रुको भीड अनि फुटपाथ पसल । राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । वास्तवमा भन्दा यतिबेला फुटपाथमा जाम हुन्छ ।

नगरप्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन् । सडकमा झोला बोकेर, सिक्रि, लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ ।

फुटपाथ बजारका कारण सार्वजनिक यातायात्र पार्क गर्न र रोक्न समेत कठिन हुने गरेको चालकहरु बताउँछन् । दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन् ।

सटरमा व्यापार गर्नेहरुले पुराना र स्कट समान, बासी तरकारी बेच्न फुटपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढ्दै गएको हो भन्न कन्जुस्याँई गर्नुहुँदैन ।

प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै । सडकमा मोटरसाइकल पार्किङ पनि उस्तै हुन्छ । त्यही पार्किङ गरिएको मोटरसाइकलमाथि सामान राखेर व्यापार गरिरहेको दृश्य देख्न साँझको बेला चोक पुगे हुन्छ ।

काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल,कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन् ।

नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिवन्ध लगाउन पनि सकेको छैन । तर दिनभर भने सडक व्यापार प्रतिबन्धित छ ।

हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ । साँझको चिसो मौसमलाई साथमा लिएर फुटपाथ व्यवसायीहरु आफ्नो जीविका चलाउँछन् । र त्यही व्यपारबाट आफ्नो छोराछोरी र परिवारको सुन्दर भविष्य कोर्न लागि पर्छन् ।





तस्विर : न्यूज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्