
काठमाडौं । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
शनिबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको मन्त्रिपरिषद् बैठकले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
मन्त्रिपरिषद्बाट स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ २२ गते प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आ–आफ्नो भेषभुषामा सहभागी हुन प्रदेश सांसदहरूलाई आग्रह गरिएको छ ।
यसअघि विहिबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने विषयमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्