
एजेन्सी । साउदी अरबले कोरोनाभाइरस संक्रमण महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई शनिबार स्वागत गरेको छ ।
अधिकारीहरूले महामारीका कारण वार्षिक रूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी तथा विदेशी तीर्थालुलाई भ्रमण तथा भेला हुन प्रतिबन्ध लगाएका थिए ।
इण्डोनेशियाबाट आएको समूह मदीना शहरमा अवतरण भएको छ । आगामी हप्ताहरूमा हजको लागि तयारी गर्न दक्षिणी मक्काको पवित्र शहर जाने तय गरिएको राज्य सञ्चालित सञ्चार माध्यमले जनाएका छन् ।
देशको हज मंत्रालयले इण्डोनेशियाबाट यस वर्षको तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको जनाउँदै आगामी दिनमा मलेसिया र भारतबाट हजका लागि उडान जारी रहने जनाएको छ ।
महामारीको कारण दुई वर्षे अवरोधपछि राज्य बाहिरबाट परमेश्वरका पाहुनाहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको मन्त्रालयले भनेको छ ।
इस्लामका पाँच खम्बामध्ये एक मानिने हजलाई आफ्नो जीवनमा कम्तीमा एक पटक सम्भव हुने सबै मुसलमानहरूले हज जाने प्रचलन छ ।
सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा लगभग २ं५ लाख मानिसहरूले भाग लिएका थिए ।
सन् २०२० मा कोभिड–१९ को महामारी सुरु भएपछि साउदी अधिकारीहरूले नियन्त्रणको सीमा तोक्दै एक हजार तीर्थयात्रीहरूलाई मात्र भाग लिन दिने घोषणा गरका थिए ।
सन् २०२१ मा उक्त सङ्ख्यामा संशोधन गर्दै पूर्ण खोप लगाएका साउदी नागरिक तथा चिट्ठामार्फत छानिएका विदेशी बासिन्दाहरू गरी कूल ६० हजार व्यक्तिलाई हजमा सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।
साउदी सरकारले हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानहरूलाई भाग लिन अनुमति दिने घोषणा गरेको थियो । हजमा इस्लामको सबैभन्दा पवित्र शहर मक्का र आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कारहरू सम्पन्न गरिन्छन् ।
प्रतिक्रिया दिनुहोस्