
तनहुँ । खाना पकाउने सिलिण्डर ग्यास पड्किदा तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छन् ।
सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्