२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धरानमा पूर्व जनप्रतिनिधि राईको शालिक स्थापना


2.314k
Shares

सुनसरी । धरानमा खोटाङका पूर्व ब्रिटिस लाहुरे तथा पूर्वजनप्रतिनिधि भलमान राईको शालिकस्थापना गरिएको छ ।

राईको शालिक धरान उपमहानगरपालिका–२० स्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा एक कार्यक्रम आयोजना गरी अनावरण गरिएको हो ।

शालिकको अनावरण खोटाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा एमाले संसदिय दलका प्रमुख सचेतक विशाल भट्टराईले गर्नुभएकाे हाे ।

दोस्रो विश्वयुद्धमा लडेर बहादुरी प्रदर्शन गरेका राई सामाजिक र राजनीतिमा इमान्दार व्यक्तिका रुपमा परिचित हुनुहुन्थ्यो ।