१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक आइतबारसम्मका लागि स्थगित


78
Shares

काठमाडौं । माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

स्थानीय चुनावको समीक्षा, अगामी चुनाव एवं केन्द्रीय समितिको बैठकको एजेण्डा लगायतको विषयमा छलफल गर्नका लागि शनिबारका लागि पूर्व स्थायी कमिटीको बैठक बोलाइएको थियो ।

बैठक शीर्ष नेताको व्यस्तताका कारण स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । बैठक आइतबार बिहान ८ बजे अध्यक्ष पुष्पकमल दाहालकोे निवास खुमलटारमा बस्नेछ ।