५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु

करिब २ दर्जन यात्रु घाइते

741
Shares

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २३ जना घाइते भएका छन् ।

जनकपुरबाट भैरहवा जाँदै गरेको बस आइतबार बिहान साढे ४ बजे परासी–भैरहवा सडकखण्डमा पर्ने उक्त पुलबाट खसेको हो।३२ जना यात्रु बोकेको लु २ ख ३८४१ नम्बरको बस बिहान साढे ४ बजे खसेको प्रहरीले जनाएको छ । घटनामा ८ जना पुरुष र एक महिलानको मृत्यु भएको र अन्य यात्रु घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

बस खोलामा खसेर घाइते भएका मध्ये ५ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भैरहवाकै भीम अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

दुर्घटनाको कारण खुल्न नसके पनि घुम्ती सडकमा पुल रहेकाले बस खसेको अनुमान गरिएको छ । उक्त पुलबाट यस अघि पनि सवारी साधन खसेका छन् ।