१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ग्रिसको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

सयौं हेक्टर जंगल नष्ट

78
Shares

काठमाडौं । ग्रिसको राजधानी एथेन्स नजिकैकौ जंगलमा लागेको डढेलो नियन्त्रण भन्दा बाहिर गएपछि त्यहाँका वरपरका सयौं सर्वसाधारणलाई बासस्थान छोड्न निर्देशन दिईएको छ ।

साेही डढेलोका कारण सयौं हेक्टर जंगल समेत नष्ट भएको त्यहाँका संचार माध्यमले जनाएका छन् । एथेन्सबाट २० किलोमिटर टाढा रहेको जंगलमा तेज गतिको हावासँगै लागेको डढेलो नियन्त्रणका लागि सयौं अग्नीनियन्त्रक, दमकल र हेलिकाेप्टर परिचालन गरिएतापनि आगो नियन्त्रणमा आउन सकेको छैन् ।

डढेलोका कारण वरपरको घर र बिजुलीको तारहरु खतरामा रहेकोले सर्वसाधारणलाई सचेत गराइएको छ । डढेलोमापरि दर्जनौं घरहरू खरानी हुनुका साथै केही कारहरू समेत ध्वस्त भएका छन् ।

विस्थापित सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।