
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।
आज (आइतबार) बिहान प्रदेश-१, मधेश प्रदेश, र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली भएकाे छ । त्यस्तै, प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
आइतबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र अन्य पहाडी भू-भागमा सामान्य बदली हुनेभएकाे छ । बाँकी भू-भागमा भने आंशिक बदली हुनेछ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
आइतबार राति भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्