
भक्तपुर । मध्यपुर थिमि नगरपालिका–८ बोडेबाट प्रहरीले गाई काटेको अभियोगमा एक जनालाई शनिबार राति पक्राउ गरेको छ ।
प्रहरीले दोलखा काटाकुटी गाँउपालिका–२ घर भई हाल बोडे पाटी बिहार बस्ने ३८ वर्षीय निमा मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बोडेको वडा कार्यालय नजिक गाईको बाछो काटी मासु भाग लगाई रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारी उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
प्रहरीले मोक्तानको साथमा करिब २० के. जी. मासु समेत बरामद गरेको छ ।
घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्