
काठमाडौं । कलाकार पूजा शर्मा र आकाशद्वारा अभिनित फिल्म ‘सम्झना बिर्सना’ को प्रर्दशन मिति सार्वजनिक भएको छ ।
गत शनिबार फिल्म निर्माण टीमले २ वटा प्रेमिल पोस्टर सार्वजनिक गर्दै आगामी असार ३१ गते फिल्मलाई प्रर्दशन गर्ने घोषणा गरेको हो । यसअघि फिल्म ‘सम्झना बिर्सना’ लाई जेठ ६ गते प्रर्दशन गर्ने भनिएता पनि स्थानीय तहको निर्वाचनका कारण फिल्मको प्रर्दशन मितिलाई सारेर आगामी असार ३१ गते पुर्याइएको हो ।
फिल्म ‘सम्झना बिर्सना’ मा आकाश र पूजाका अलावा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणा मुख्य भूमिकामा रहेका छन् । निमेष प्रधानको निर्देशन रहेको फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । फिल्मलाई भारतको दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्