
फाइल तस्बिर
काठमाडौं । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताउनुभएको छ ।
आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उहाँले कतिपय पार्टीमा विभाजनको खतरा रहेको बताउनुभयो ।
उहाँले ठिक ढंगले भूमिका निर्वाह गर्नसके माओवादीलाई अवसर र चुनौति दुबै आउन सक्ने उहाँको निष्कर्ष थियो । अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने उहाँले बताउनुभयो ।
पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गराउने निर्णय पनि गरिएको छ । केन्द्रीय समितिको बैठक आगामी असार १५ मा गर्नेबारे पनि छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्