
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ ।
शनिबारदेखि चलिरहेको बैठकमा आइतबार यस विषयले प्रवेश पाएको हो ।
पार्टी उपमहासचिव गंगालाल तुलाधारले सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको भन्दै त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको जानकारी दिनुभयो ।
मन्त्रीहरूलाई ६ महिना भनेर पठाएको, त्योभन्दा बढी भएकाले शीर्ष नेताहरूले उहाँहरुसँग बसेर छलफल गरी निर्णय लिने उहाँले बताउनुभयो ।
अहिले संघीय सरकारमा नेकपा एसबाट पाँच मन्त्री र एक राज्यमन्त्री सहभागि छन् । बाम गठबन्धनको विषयमा भने कुनै चर्चा नभएको तुलाधारले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्