
धनकुटा । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्गदम्बेले गठबन्धनलाई प्रदेश र संघको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
कांग्रेस धनकुटाले गरेको कार्यक्रममा आङ्गदम्बेले सिद्धान्त नमिल्ने शतिmहरु देश र जनताको भलाइका लागि एक ठाउँमा आएको बताउनुभयो ।
उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृतिको अन्त्यका लागि र देशको संविधान तथा व्यवस्था जोगाउन गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेको तर्क गर्नुभयो ।
आङ्गदम्बेले कांग्रेसले मात्र देशलाई निकास र विकास दिने सत्य जनताले बुझेकाले संसदमा कमजोर रहेको अवस्थामा स्थानीयतहको निर्वाचनमा सबैभन्दा धेरै स्थान जिताएर थप जिम्मेवारी दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्