११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


डा. पुनका बारेमा अनर्गल प्रचार गरेको स्वास्थ्य मन्त्रालयको आरोप


0
Shares

काठमाडौं, बैशाख ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनका बारेमा अनर्गल प्रचार नगर्न सचेत गराएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई मन्त्रालयमा बोलाइएको मात्र बताए ।

पुनका सम्बन्धमा केही पत्रपत्रिका र सामाजिक सञ्जालमा सत्य तथ्य बग्याई मन्त्री भानुभक्त ढकालको नामसमेत मुछेर अनावश्यक दुष्प्रचार गरिएको आरोप उनले लगाए ।

डा पुनका सन्दर्भमा सत्यतथ्य नबुझी अनर्गल प्रचारप्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउन सहसचिव विष्टले सचेतसमेत गराए ।