
मोरङ, बैशाख ७ । विराटनगरमा कोरोना परीक्षणका लागि आवश्य र्यापिड टेष्ट किटको अभाव हुँदा परिक्षण रोकिएको छ ।
उदयपुरमामा फेला परेका १३ जना जना संक्रमित विराटनगरस्थित रानी मस्जिदमा पनि बसेको देखिएपछि विराटनगर महानगर क्षेत्रका स्थानीयलाई परिक्षण गर्नुपर्नेमा किटको अभाव भएको हो ।
महानगरले शुक्रबारदेखि सघन बस्ती भएको क्षेत्रतर्फ र्यापिड टेष्ट सुरु गरेको थियो । हालसम्म महानगरले नगरक्षेत्रका १ सय २४ जनाकोे आरडीटी परीक्षण गरेको छ भने ३ सय २२ जनालाई टेष्टका लागि तयारी गरेपनि किटको अभावले टेष्ट रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्