१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


भारतमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु, दर्जनाैं घाइते


234
Shares

काठमाडौं । भारतको उत्तराखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ।

साेही दुर्घटना दर्जनौं यात्रु घाइते भएका छन्। मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार सो बस ४ सय फिट गहिरो खाडलमा खसेको थियो। हरिद्वारबाट आउँदै गरेको बस गहिरो खोँचमा फसेकाले उद्धारमा समेत समस्या आएको भारतीय संचार माध्यमले जनाएका छन् ।

घाइतेहरुलाई उपचारका लागि देहरादून पठाइएको छ। उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएकाे छ।

साथै उहाँले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभएको छ ।