
फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा नेपाली सांस्कृतिक मेला २०२२ को आयोजना गरिएको छ ।
नेपाल फेस्टिबल नाम दिएर आयोजना गरिएको सो मेलामा नेपाली कला, संस्कृति झल्काउने पोशाक र खानाका परिकारहरूका विभिन्न स्टल राखिएका थिए ।

जेठ २१ र २२ गते गरी दुई दिन चलेको मेलामा नेपाली कला र संस्कृति झल्काउने नृत्य तथा झाँकीहरूसमेत प्रदर्शन गरिएको थियो ।
नेपाली सांस्कृतिक गृह, फ्रान्सको आयोजनामा भएको मेला नेपाली र विदेशी गरी ५ हजार जनाले अवलोकन गरेका थिए ।

विदेशमा यस्ता मेलाको आयोजनाले विदेशमा रहने नयाँ पुस्तालाई कला संस्कृतिको ज्ञान दिन सकिनुका साथै विदेशीहरूमाझ देशको बारेमा बुझाउन सहज भएको सहभागीको भनाइ छ ।










तस्बीर : दीपक चालिसे,फ्रान्स
प्रतिक्रिया दिनुहोस्