
एजेन्सी, बैशाख ७ । भारतमा कोरोना भाइरसबाट ५२० जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या करिब १७ हजार पुगेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १३ सयभन्दा बढी संक्रमित भएका छन् भने ३१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विश्वभरमा १ लाख ६२ हजारभन्दा बढी व्यक्तिको मृत्यु हँदा कोरोनाबाट संक्रमित हुनेको संख्या २३ लाख ६३ हजार नाघेको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री मोदीले नोभेल कोरोना भाइरसले कुनै जात, धर्म, रंग, भाषा अथवा सीमा नचिन्ने भन्दै यसविरुद्ध एक भएर लड्न सबैलाई अपील गरेका छन् ।
कोरोना भाइरसले सबैलाई समान रुपमा असर पार्ने भन्दै प्रधानमन्त्री मोदीले व्यावसायिक जीवनको रुपरेखा नै परिवर्तन गरेको बताए ।
मानिसहरुको घरमै कार्यालय स्थापना गरिएको र घरमै इन्टरनेट र नयाँ बैठक कक्ष बनेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्