९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


जघन्य अपराधका घटनामा हदम्याद हटाउन मिल्दैन : मिन विश्वकर्मा


728
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानूनी व्यवस्था हटाउन नमिल्ने बताउनुभएको हो ।

उहाँले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भएपनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गर्नुभयो ।

सांसद विश्वकर्माले यौन हिंसा गम्भिर अपराध भएकाले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन पनि सरकारसँग माग गर्नुभयो ।

सांसद विश्वकर्माले कुनै पनि क्षेत्रको कानून तुर्जुमा गर्नु अघि त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।