
एजेन्सी । बेलायतमा धुमपानको दर घटाउनका लागि एक शहरमा पाइलट काउन्सिल योजनाको प्रस्ताव ल्याइएको छ ।
जसमा धुमपान छाड्ने एक व्यक्तिलाई करिब ३२ हजार रुपैयाँ नगद दिने व्यवस्था गरिएको छ । साथै गर्भवती महिलाका लागि योजना अनुरुप दोब्बर नगद दिने व्यवस्था रहेको छ ।
बेलायतको चेसायर शहरमा लामो समयदेखि धुमपानको दर नघटेका कारण यस्तो योजना ल्याइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । धुमपानको बढ्दो आकडालाई नियन्त्रण गर्न चेसायर शहरका गर्भवती महिलालाई पनि यो योजनामा समावेश गरिएको छ । योजना अनुसार धुमपान छाड्ने एक व्यक्तिलाई ३२ हजार नगद रुपैयाँ र गर्भवती महिलाले धुमपान छोडे त्यसको दोब्बर ६४ हजार नगद रुपैयाँ दिने व्यवस्था गरिएको छ । यदि यो योजना प्रभावकारी साबित भए देशका अन्य शहरमा पनि लागू गरिने छ ।
योजना अनुसार कुनै व्यक्तिले धुमपान छोडेको दाबी गर्दछ भने उसले एक्सहेल्ड कार्बन मोनो अक्साइड परीक्षण गराउनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार धुमपान छोडेका मानिसलाई नगद दिँदा किस्तामा दिइने छ । वित्तीय प्रोत्साहन योजना धुमपान छाड्न चाहने मानिसका लागि मद्दत गर्ने एउटा प्रभावकारी माध्यम भएको बेलायती सरकारको दाबी छ ।
समाचारका अनुसार एक दिनमा २० पटक धुमपान गर्नेहरूले धुमपानमा धेरै रकम खर्च गर्छन् । यसबाहेक फोक्सोको क्यान्सर भएका बिरामी धुमपानसँग सम्बन्धित छन् । धुमपानका कारण अन्य समस्याहरू पनि देखिने गर्छ । यस योजनाका लागि करीब १ करोड भन्दा बढी रुपैयाँ विनियोजन गरिएको छ । यो योजना आगामी जुलाई देखि लागूहुने छ ।
प्रतिक्रिया दिनुहोस्