
परासी । अंशबण्डाको विषयमा विवाद हुँदा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा भतिजाले काकीमाथि गोली प्रहार गरेका छन् ।
सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले ३४ वर्षिया काकी रोशनी यादवलाई गोली प्रहार गरेका हुन् ।
हर्षरामका एक भाई छन् । दुई भाईको अंशमा गाउँमा १८ कट्ठा र सदरमुकाम परासीमा ९ धुर जग्गा रहेको उनका कानुन व्यवसायीले बताएका छन् ।
निसन्तान काकाको मृत्युपछि अंश खाने काकी मात्र भएको र उनलाई मारेपछि सम्पत्ति आफ्नो हुने मनशायले हर्षरामले गोली हानेको आफन्तले बताएका छन् ।
दुई अंश लगाएर सोमबार अदालतमा मिलापत्र गर्न जाने क्रममा हर्षरामले काकीमाथि गोली प्रहार गरेका हुन् ।
हर्षरामले हानेको गोलीले रोशनीलाई भने लागेको छैन् । हर्षरामको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्