२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बारामा नदीजन्य सामाग्री उत्खनन् गर्न हेवी इक्युपमेन्ट निषेध


143
Shares

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरकाले चालु आर्थिक वर्षदेखि खोलामा नदीजन्य सामग्री उत्खनन गर्न हेवी इक्युपमेन्ट प्रयोगमा रोक लगाउने भएको छ ।

डोजर, लोडर, ट्रिपर लगायतका हेवी इक्युमेन्टको प्रयोगले खोलाको प्राकतिक संरचना ध्वस्त बनाएको भन्दै प्राकृतिक श्रोत जोगाउन र साना औजारसहित रोजगारी बढाउन हेवी इक्युपमेन्ट प्रयोगमा रोक लगाइएको हो ।

उपमहानगरभित्र दुधौरा, पसाह र बालगंगा गरी तीन ठुला खोला छन् । राजस्वलाई आधार देखाइ कर्मचारी तथा जनप्रतिनिधिले स्थानीय सरकारको बलियो श्रोत भन्दै ठेकेदार संगको सेटिङ्खमा चलखेल गर्दै आएका छन् ।