
काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चाैधरीले जानकारी दिनुभयाे ।
सरकारले जेठ १ गतेदेखि इन्धन बचाउन परीक्षणका लागि भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सोमबार नै सर्वोच्च अदालतमा दुई दिन साप्ताहिक बिदा दिने सरकारको निर्णयविरुद्ध रिट परेको थियो । जसको पेशी मंगलबारलाई तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्