१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बैतडी जिसस गठनका लागि मतदान सुरु


169
Shares

बैतडी । बैतडीको जिल्ला समन्वय समिति (जिसस) गठनका लागि मंगलबार मतदान सुरु भएको छ । निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र एक ठाउँमा उभिएका छन् भने नेकपा एमाले एक्लैले निर्वाचनमा सहभागि जनाएको छ । प्रमुखका लागि दुई जना चुनावी मैदानमा रहेका छन् । प्रमुखका लागि गठबन्धनबाट कांग्रेसका खगेन्द्रसिंह धामी र एमालेबाट मोहनबहादुर थापा उम्मेदवार रहनु भएका छन् । धामी सिगास गाउँपालिका वडा नं ४ बाट निर्वाचित वडा सदस्य हुनुहुन्छ भने थापा दशरथचन्द नगरपालिका वडा नं ४ बाट निर्वाचित वडा सदस्य हुनुहुन्छ ।

यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट माओवादी केन्द्रका दमनबहादुर कुँवर र एमालेबाट हेमा भट्ट (कपाडी) उम्मेदवार रहनु भएका छन् । खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी दर्ता भएको छ । यस्तै, एमालेको तर्फबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुक चुनावी मैदानमा छन् ।

यस्तै, खुला तीन महिला सदस्यमा गठबन्धनबाट कांग्रेसका यशोदा चन्द, माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना पार्कीको उम्मेदवारी दर्ता भएको छ । यस्तै, एमालेबाट महिला सदस्यमा चन्द्रा जोशी (पाण्डेय) र यशोदा महरा गरेर दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

यस्तै दलित सदस्यमा कांग्रेसबाट हरु नेपाली र एमालेबाट द्रोपती दयालको उम्मेदवारी दर्ता भएको छ ।

जिल्ला समन्वय समितिमा पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने प्रावधान छ । दश स्थानीय तहमा गरेर कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र गठबन्धनसँग १२ मतभार रहेको छ भने एमालेसँग ८ मतभार रहेको छ ।