
बारा । बाराको जितपुर सिमरा उपमहानगरकाले आगामी आर्थिक वर्षदेखि खोलामा नदिजन्य सामग्री उत्खनन गर्नका लागि ठूला उपकरणकाे प्रयोगमा रोक लगाउने भएको छ ।
डोजर, लोडर, ट्रिपर लगायतका ठूला उपकरणको प्रयोगले खोलाको प्राकतिक संरचना ध्वस्त बनाएको भन्दै प्राकृतिक श्रोत जोगाउन र साना औजारसहित रोजगारी बढाउन ठूला उपकरण प्रयोगमा रोक लगाउने भएको हो । जनप्रतिनीधिहरूले उपमहानगरका दुधौरा, पसाह र बालगंगा गरी ३ ठूला खोलामा आर्थिक वर्षदेखि साना औजारको मात्र प्रयोग गर्ने भएको हो ।
राजस्वलाई आधार देखाई कर्मचारी तथा जनप्रतिनिधिले स्थानीय सरकारको बलियो श्रोत भन्दै ठेकेदारसँगको सेटिङमा वडा अध्यक्षहरुले निगरानी थालेको बताएका छन् ।
ठूला उपकरणमा प्रयोगमा रोक लगाउने बितिकै उपमहानगरको ३ खोलामा २ हजार बढी श्रमिक प्रत्यक्ष रोजगारी पाउने र उनीसँग आश्रित परिवारसमेत लाभान्वित हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्