१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन काठमाडौंवासीलाई मेयर शाहको आग्रह


4.082k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याइदिन सम्पूर्ण काठमाडौँवासीमा आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालबाट मेयर शाहले फोहोरले दुःख दिँदा पनि सहेर बसेकोमा नगरवासीप्रति आभार ब्यक्त गर्दै फोेहोरका कारण दुःख पाएकोमा माफि माग्नुभएको छ ।

कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ, मेयर शाहको भनाइ छ ।

उहाँले अहिले फोहोर उठाउन थाल्नु स्थायी समाधान नभएको भन्दै घर घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन पनि आग्रह गर्नुभएको छ ।

कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोर छुट्याएर निकाल्न आग्रह गर्दै मेयर शाहले महानगरले पनि पहिलेका कमजोरी वा गल्तीहरू नदोहोर्‍याउने बताउनुभएको छ ।