२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विद्यालयका सबै शिक्षक र कर्मचारी एकै परिवारका

श्रीमान् कार्यालय सहयोगी, श्रीमती प्रधानाध्यापक

5.603k
Shares

रौतहट । रौतहटको सदरमुकाम गौरमा रहेको एक विद्यालयमा कार्यरत सबै शिक्षक एकै परिवारको रहेको खुलासा भएको छ ।

१५ वर्षदेखि सञ्चालनमा रहेको गौर नगरपालिका–४ टिकुलियास्थित श्री आधारभुत विद्यालयमा कार्यरत सबै शिक्षक एकै परिवारको रहेको खुलेको हो ।

विद्यालयमा कार्यरत श्रीमान् कार्यालय सहयोगी, श्रीमती प्रधानाध्यापक, नन्द राहत शिक्षिका, भाउजु बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको पाइएको हो ।

२०६३ सालमा स्थापना भएको उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापकमा उनको बुहारी साबित्री यादव, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक यादव रहेको छन् ।

एकै परिबारबाट सञ्चालनमा रहेको सो विद्यालयमा अध्यनरत विद्यार्थीको शैक्षिक अवस्था एकदम दयनीय छ । उनीहरू पढ्न र लेख्न त जान्दैनन् नै जम्मा २४ जना विद्यार्थी एउटै कक्षामा राखेर अध्यापन गराइन्छ ।

६ कक्षा सम्म अध्यापन हुने विद्यालयमा अध्यापन गर्ने महिला शिक्षकमा शिक्षण सिकाइको अभाव देखिएको गौर नगरपालिकाको कार्यालयले जनाएको छ ।