१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन आयोग र न्यायालयमाथि कारबाही गर्न प्रेम सुवालको माग


182
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्य–मुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्नीप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई प्रजातन्त्रको निम्ति पनि कारबाही गर्नुको विकल्प नभएको सांसद सुवालको तर्क थियो ।

सांसद सुवालले निर्वाचन जित्न पैसा र सामान बाड्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराउनुभयो ।