२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैतडी केन्द्र भएर भूकम्पको धक्का


923
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो १२ बजेर ५० मिनेटको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु बैतडीको दोगडाकेदार गाउँपालिका–७ देउलेक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।

धक्का महसुस बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत धक्का गरिएको थियो । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

यसअघि गत वैशाख २८ र वैशाख ६ गते पनि सुदूरपहाडमा भूकम्प गएको थियो ।